धनुषाः दुई पक्षबीच झगडा हुँदा खुकुरी र खन्ती प्रहार, ३ जना गम्भिर !
घाईतेहरुलाई अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ ।
२०७७ जेठ ६ मंगलबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई दियाद (भाई–भाई) मा झगडा हुँदा ३ जना गम्भिर घाईते भएका छन् ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को नरैहियामा बर्षाको पानी बगाउने विषयलाई लिएर झगडा हुँदा खुकुरी र खन्ती प्रहार भएको हो ।
खुकुरी र खन्ती प्रहारबाट स्थानीय ३८ बर्षीय राम जुलुम यादव, बर्ष ६५ की सुमित्रा देवी यादव र बर्ष ६८ का लखिचन यादव गम्भिर घाईते भएका हुन् ।
जानकारी अनुसार, उनकै भाईभरदार (दियाद) पर्ने फेकन भन्ने राममणी यादव, पशुपति यादव, धर्मनाथ यादव र सुरेन्द्र यादव लगायतले खुकुरी र खन्ती प्रहार गरेको हो ।
आज विहानै परेको वर्षाका कारण घर नजिकै सडकमा पानी जमेपछि पानी बगाउने विषयमा दुई पक्षबीच झडप भएको बताइएको छ । यद्यपी यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै प्रतिक्रिया दिएको छैनन् ।
घाईतेहरुलाई अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
कुलदीप दास
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…