नगरपालिकाले ल्याइदिए नगरवासीको औषधी
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण बाहिर निस्कन नपाएका तथा औषधी उपचारको लागि समेत कठिनाई महसुस गरिएको बेला शहिदनगर नगरपालिकाले औषधी ल्याइदिएको छ । धनुषाको शहिदनगर नगरपालिकाले लकडाउनका कारण दीर्घरोगीहरु प्रभावित भएपछि उनीहरुको लागि औषधी ल्याएर वितरण गरेको हो । नगरपालिकाका नगर प्रमुख उदय कुमार बर

२०७७ जेठ ४ आइतबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण बाहिर निस्कन नपाएका तथा औषधी उपचारको लागि समेत कठिनाई महसुस गरिएको बेला शहिदनगर नगरपालिकाले औषधी ल्याइदिएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाले लकडाउनका कारण दीर्घरोगीहरु प्रभावित भएपछि उनीहरुको लागि औषधी ल्याएर वितरण गरेको हो ।
नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले नगरभित्र रहेका नगरभरि रहेका दीर्घरोगीहरुको लागि औषधी ल्याएर वितरण गरिएको बताएका छन् ।
दीर्घरोगीहरुको लागि औषधी नगरपालिकाले निःशुल्कमै किनेर ल्याइदिएपछि उनीहरु खुसी भएका छन् ।
गत बैशाख १३ गते मेयर बरबरियाले एक सूचना जारी गर्दै दीर्घ रोगीहरुलाई आ–आफ्नो तथ्याँक सँकलनको लागि सूचना सार्वजनिक गरेका थिए ।
| लकडाउनमा दीर्घ रोगीहरुको पनि औषधी नगरपालिकाले ल्याउँछ : मेयर बरबरिया |
जसमा डायबिटिज, हाई ब्लडप्रेसर, क्यान्सर, दम, पारालायसिस लगायतका रोगीहरुको लागि औषधी ल्याएर आईतबार (आज) वितरण गरिएको जनाइएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारीका अनुसार, सूचना र जानकारी सार्वजनिक गरिएपछि तोकिएको अवधीभित्र आफ्नो औषधी लेखाएकाहरुको लागि औषधी ल्याइएको हो ।
लकडाउनका कारण जनकपुर वा बाहिरबाट ल्याउनुपर्ने औषधी एक महिनाको लागि ल्याइएको बताइएको छ । त्यसपछि अर्को निर्णय गरिने जनाइएको छ ।
दीर्घरोगीहरुको लागि औषधी नगरपालिकाले निःशुल्कमै किनेर ल्याइदिएपछि उनीहरु खुसी भएका छन् । औषधी लिँदै वृद्धहरुले नगर प्रमुख बरबरिया र स्वास्थ्य समितिका पदाधिकारीहरुलाई धन्यवाद र आशिर्वाद दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…