जनकपुरमा एकाविहानै मृत भेटिए पुरुष !
अन्दाजी ३५ बर्षिय ती पुरुष करिब ३ दिनदेखि डुबेको हुनुपर्ने अनुमान गरिएको छ ।

२०७७ जेठ ४ आइतबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एकाविहानै एक पोखरीमा पुरुषको लास फेला परेको छ ।
जनकपुरको गँगासागरदेखि पश्चिम तर्फ रहेको पवित्र सरोवर मानिने धनुषा सागर पोखरीमा एका विहानै पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, लास (शव) वेवारिसे रहेको छ । मृतकको हुलिया अझै खुल्न सकेको छैनन् ।
अन्दाजी ३५ बर्षिय ती पुरुष करिब ३ दिनदेखि डुबेको हुनुपर्ने अनुमान गरिएको छ । लकडाउनमा पनि विहानै निस्केका एक स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
केही बेरमै घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाएर लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्तालमा लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…