नगरपालिकाका जनप्रतिनीधिलाई बदनाम गर्न खोजिए : मेयर सिँह
उनले महामारीको समयमा पनि संवेदनशिल भएर समाचार सूचना प्रकाशन गर्न अनुरोध समेत गरेका हुन् ।
२०७७ जेठ ३ शनिबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सप्तरी बोदे बरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिँह (यादव) ले केही जनाले आफूहरुको गलत प्रचारवाजीमा लागेको बताएका छन् ।
बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीबाट गत बुधबार राती आएपनि उनलाई क्वारेन्टाइनमा नहालेको भनेर गलत प्रचारवाजी गरेको भन्दै समाचारलाई खण्डन गरेका छन् ।
केही सँचारमाध्यमहरुमा आएको समाचार र समाजिक सँजालमा गरिएको टिकाटिप्पणी गरेको भन्दै मेयर सिँहले आफू स्वयंम गएर उनलाई क्वारेन्टाइनमा राखेको दाबी गरेका छन् ।
केही सँचारमाध्यमहरुमा वडाध्यक्षले आफ्नो छोरालाई क्वारेन्टाइनमा नपठाएर घरमै राखेको भनेर समाचारहरु प्रकाशित भएपछि मेयर सिँहले त्यस्तो केही नभएको तथा सुरक्षाकर्मीले क्वारेन्टाइनमा राख्न नमानेपछि आफू गएर समन्वय गरी राखेको बताएका हुन् ।
मेयर सिँहले आफ्नो फेसबुक मार्फत नेपाल भारत सीमा क्षेत्र दशगजा क्षेत्रमा अपलत्र परेका आफना नागरिकलाई आफै उद्धार गरी ल्याएको बताउँदै बाहिरबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरेको बताएका छन् ।
उनले केही जनाले समाजिक सँजालमा बिना जानकारीको जथाभावी लेखेको भन्दै सँचारकर्मीहरुलाई यथार्थ सत्य तथ्य बुझेर मात्र लेख्न आग्रह गरेका छन् ।
उनले महामारीको समयमा पनि संवेदनशिल भएर समाचार सूचना प्रकाशन गर्न अनुरोध समेत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…