समाचार प्रभावः कुमारी देवीको अब भिख माग्ने दिन रहेनन्
गाउँपालिकाबाट भनिएको राहत समेत नदिएपछि उनी बिचलित भएकी थिइन् ।

२०७७ जेठ २ शुक्रबार, दिउँसो १:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउनका कारण प्रभावित धनुषाकी एक एकल महिलाले भिख माग्नुपर्ने बाध्यता हटेको छ ।
सरकारले लगाएको लकडाउनका कारण धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर भोकै सुत्न बाध्य भएको अवस्थामा न्यूज ब्युरोले एकल महिलाको पीडा : लकडाउनमा भिख मागेर ५ सन्तान पाल्दै , भिख नभेटेपछि भोकै शिर्षकको समाचार लेखेपछि सहयोगी हातहरुले सहयोग गर्न उनको घर पुगेको थियो ।
केही वर्ष अगाडी श्रीमानको मृत्यू भएपछि एक छोरा सहित बस्दै आएकी कुमारी देवी लकडाउनले गर्दा पूर्ण रुपमा प्रभावित तथा गरिबीको चपेटामा बस्दै आएकी उनलाई छोराछोरी पाल्न भिख माग्नुपर्ने बाध्यता उत्पनन भएको थियो ।
सोही क्रममा गोरहन सूर्यदेव नामक एक युवकले विदेशबाट ८ हजार रुपैयाँ पठादिएका थिए । उनलाई सो रकमबाट घरको समाग्रीहरु खरिद गरिएको थियो ।
फेरी पनि सूर्यदेव गोरहन र सरोज कुमार मण्डलले कुमारी देवीलाई १ क्वीन्टल चामल , ४० किलो प्यज , ५० किलो आलु, १२ ओटा लुगा धुने साबुन १२ ओटा नुहाउने साबुन, सबै मसला एक एक किलो, २० किलो दाल , १० किलो नुन , १० लिटर खाने तेल, एउटा लगाउने तेल, २ ओटा ब्रस १ पेस्ट सहयोग गरेपछि उनको जीवन अहिले समान्य भएको बताइएको छ ।
सरकारले निरन्तर लगाएको लकडाउनले अरुमा काम गरी खाने समय समेत नभएको भन्दै गाउँ–टोलहरुमा गएर भिख मागी ल्याएर छोछोरी पाल्दै आएकोमा सहयोगी हातहरुको सहयोगले अहिले भिख माग्नुपर्ने बाध्यता हटेको हो ।
जमिन जाथाको नाममा २ धुर घडेरी बाहेक केही नभएको तथा गाउँपालिकाबाट भनिएको राहत समेत नदिएपछि उनी बिचलित भएकी थिइन् ।
सो क्रममा विभिन्न ठाउँबाट सहयोगी हातहरुले सहयोग गरेको थियो । सो क्रममा नेपाल तरुण दलका धनुषा जिल्ला उपाध्यक्ष राकेश विक्रमको सहयोगमा रासन प्रदान गरिएको थियो ।
५ सन्तानलाई लिएर बस्दै आएकी एकल महिला कुमारी देवीले आफू भोकै सुतेपनि छोराछोरीको भोक सहन हुन नसकेको पीडा न्यूज ब्यूरोलाई सुनाएपछि समाचार प्रकाशित गरिएको थियो ।
तर, पनि लकडाउनको अवधी बढेसँगै उनको घरमा पुनः खाद्यान्नको अभाव हुन सक्छन् । सहयोगी हातहरुले समय समयमा सहयोगको गर्नु जरुरी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…