प्रदेशभरिका प्रयोगशाला हडताल गर्ने चेतावनी
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालाका कर्मचारी उपर मिथ्या आरोप लगाउँदै प्रतिष्ठा मान मर्दन गरेको भन्दै आन्दोलनको चेतावनी दिइएको छ । प्रादेशिक अस्पतालका एक जुनियर स्टाफले पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष समेत रहेका शीतल साहलाई ज्यान मार्न

२०७७ जेठ १ बिहीबार, राति १०:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालाका कर्मचारी उपर मिथ्या आरोप लगाउँदै प्रतिष्ठा मान मर्दन गरेको भन्दै आन्दोलनको चेतावनी दिइएको छ ।
प्रादेशिक अस्पतालका एक जुनियर स्टाफले पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष समेत रहेका शीतल साहलाई ज्यान मार्ने धम्की दिएका जस्ता समाचारहरु विभिन्न सँचारमाध्यममा आएपछि मेडिकल ल्याबोरेटरी एशोसिएशन अफ नेपाल (मेलान) ले सो चेतावनी दिएको हो ।
जनकपुरको रेडियो जनकपुरका संचालक समेत रहेका साहलाई ज्यान मार्ने धम्की दिएको कुरा मिथ्या रहेको तथा चरित्र हत्या गर्ने गरी विज्ञप्तिहरु जारी गरिएको भन्दै सो सच्याउन माग गर्दै नसच्याइए आन्दोलनको चेतावनी दिएको हो ।
यादव' द्धारा पत्रकार 'साह' लाई ज्यान मार्ने धम्की
प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुरमा हुदै आएको लापरवाही र अनियमितता सम्बन्धमा कार्यक्रम प्रशारण गरेपछि ज्यान मार्ने धम्की दिइएको प्रेस विज्ञप्तिहरु निकालिएपछि सोको विरोधमा मेलानले विज्ञप्ति निकालेको हो ।
मेलानका अध्यक्ष सुरेश शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा –“रेडियो जनकपुर, प्रेस संगठन धनुषा तथा प्रदेश जन स्वा प्रयोगशालाका ल्या. टे,नि, (छैठौ तहका) युगल किशौर यादव द्वारा गरिएको प्रेस विज्ञप्ती माथि मेलान प्रदेश कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ । साथै दोषी जो कोही भएपनि कडा भन्दा कडा कारबाहीको माँग या्े संगठन गर्दैछ। साथै एकलौटी रुपमा हाम्रा संगठनका केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदका पदाधिकारीलाई मान मर्दन गर्ने गरी योग्य कर्मचारीको चरित्र हत्या गर्ने किसिमको ब्यवहारको घोर भर्त्सना एव निन्दा गर्दै सत्यतथ्य छानवीनको पुनःमाँग गर्दछु। अन्यथा प्रदेश भरीका सम्पूर्ण प्रयोगशालाकर्मीहरुले आन्दोलन गर्न सक्ने चेतावनी समेत दिन चाहन्छौं।” उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…