'यादव' द्धारा पत्रकार 'साह' लाई ज्यान मार्ने धम्की
प्रादेशिक अस्पतालमा राजनीतिक आड र पूर्वाग्रहले ग्रसित भएको देखिएको छ ।

२०७७ बैशाख ३१ बुधबार, राति ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पतालका एक जुनियर स्टाफले पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष समेत रहेका शीतल साहलाई ज्यान मार्ने धम्की दिएका छन् ।
जनकपुरको रेडियो जनकपुरका संचालक समेत रहेका साहलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुरमा हुदै आएको लापरवाही र अनियमितता सम्बन्धमा कार्यक्रम प्रशारण गरेपछि ज्यान मार्ने धम्की दिइएको एक प्रेस विज्ञिप्तमा उल्लेख गरिएको छ ।
प्रादेशिक अस्पतालका जुनियर स्टाफ जुगल यादव लगायत ३ जनाले रेडियो जनकपुरमा गएर धाक धम्की देखाउँदै ज्यान मार्ने धम्की दिएको रेडियो जनकपुरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यता, पत्रकार साहलाई ज्यान मार्ने धम्की दिनेलाई नेपाल पत्रकार महासंघ धनुषा शाखाले कारवाहीको माग गरेको छ ।
महासंघका अध्यक्ष अनिल मिश्रले पत्रकार साहलाई ज्यान मार्ने धम्की दिनेलाई कानुन बमोजिम कारबाहीको मांग गरेका हुन् । उनले महासंघको तर्फबाट कारवाहीको माग गरेका हुन् ।
समाचारको बिषयलाई लिएर संचारगृहमै पूगी धम्की दिने कार्य निन्दनीय रहेको भन्दै घटनामा सलग्नलाई कारवार्ही गर्न स्थानिय प्रशासनसंग माग गरिएको छ ।
प्रादेशिक अस्पतालको अनियमितता देखि लिएर समाचार सम्प्रेषण गर्दा केही सँचारकर्मीकै उक्साहट र ईसारामा धम्की दिएको पनि बुझिएको छ ।
प्रादेशिक अस्पतालमा राजनीतिक आड र पूर्वाग्रहले ग्रसित भएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…