नेता साहको पहलमा विदेह नगरपालिकालाई सुरक्षा कवच सहयोग
नेता साहले मन्त्रालयसँग पहल गरी उत्तः समाग्रीहरु नगरवासीको हितको लागि लगाएको बताए ।

२०७७ बैशाख ३१ बुधबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीकाका केन्द्रीय सदस्य तथा सहकारी विभाग केन्द्रीय संयोजक एवम् नेता संजय साहको पहलमा स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।
धनुषाको विदेह नगरपालिकालाई नेता साहकै पहल तथा सँयोजनमा समाजिक विकास मन्त्रालय अन्तरगतको आपूर्ति महाशाखाको सहयोगमा स्वास्थ्य सुरक्ष समाग्री प्रदान गरिएको हो ।
महाशाखाको समन्वयमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागी ७ थान पिपिई सेट, १० थान एन–९५ मास्क, थर्मोगन (ज्वरो मापन गर्ने) ,सर्जिकल मास्क ६०० पिस, १० लिटर सेनिटाइजर र हाते ग्लोबस सहितका सुरक्षा कवचहरु प्रदान गरिएको जसपाका केन्द्रीय सदस्य सँजय साहले जानकारी दिए ।
उक्त स्वास्थ्य समाग्री बिदेह नगरपालिकाका मेयर बेचन दास तथा प्रमुख प्रशासकीय अधिकृत संजिव साहलाई हस्तान्तरण गरिएको साहले बताए ।
यसका साथै, बिदेह नगरपालिकामा पर्ने सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य सँस्थानहरुमा सर्जिकल मास्क, क्लोरिन टेबुल, डिसइन्फेक्सन स्प्रे, मास्क ,थर्मोगन र सेनिटाइजर सहयोग गरिएको हो ।
नेता साहले मन्त्रालयसँग पहल गरी उत्तः समाग्रीहरु नगरवासीको हितको लागि लगाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…