संसदमै सरकारको चर्को आलोचना गर्ने सत्तारुढ सांसदको तयारी
प्रचण्ड, खनाल तथा नेपाल खेमामा रहेका सांसदले सदनमा सशक्त ढंगले प्रस्तुत हुने विषयमा छलफल गरिरहेका छन् ।

२०७७ बैशाख २७ शनिबार, बिहान ११:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । स्थायी समितिको बैठकमा पार्टी नेतृत्व र सरकारका गतिबिधिबारे आफ्ना धारणा राख्न नपाएपछि सत्तारुढ नेकपाका सांसदहरुले अब सदनमै सरकारको चर्काे आलोचना गर्ने तयारी गरेका छन् ।
सरकारको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरुले संसदको बजेट अधिवेशनमै सरकारको गलत कामको जवाफ माग गर्ने तयारी गरेको एक सांसदले बताए ।
नेकपाका स्थायी समिति सदस्य तथा सांसदका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल खेमामा रहेका सांसदले सदनमा सशक्त ढंगले प्रस्तुत हुने विषयमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ मा दल विभाजन खुकुलो पार्ने र संबैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि त्यसले पार्टीको छविमा गम्भीर क्षति पुगेको भन्दै बैशाख १० मा अध्यक्षद्वयलाई स्थायी समितिको बैठक माग गरेर पार्टीका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर बुझाएका थिए ।
नेकपाको बैशाख २० मा बसेको सचिवालय बैठकले बैशाख २५ मा स्थायी समितिको बैठक गर्ने मिति तोकेको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनिच्छाको कारण तोकिएको मितिमा बैठक नबसी स्थगित भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…