आजदेखि बैंकहरुले सबै सेवा सञ्चालन गर्ने
सरकारको निर्णय अनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेका हुन् ।

२०७७ बैशाख २६ शुक्रबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार) देखि आफ्ना सबैखाले सेवा प्रदान गर्ने भएका छन् ।
सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने बुधबार निर्णय गरेको थियो । सोहीअनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेको जनाएका छन् ।
सरकारले नै एकतिहाइ कर्मचारीबाट मात्रै काम सुरु गर्न भनेकोले त्यहि अनुसार कर्मचारी खटाएर बैंकहरु संचालनमा आउने छन् । एकतिहाई कर्मचारीबाट पनि बैंकले सम्पूर्ण सेवा सुचारु गर्ने बैंकहरुले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…