लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
दिनदिनैजसो कोरोना संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको छ ।

२०७७ बैशाख २४ बुधबार, दिउँसो २:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघिको अवधि वैशाख २५ गते अर्थात् बिहीबार सकिँदैछ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले सुरुमा चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले यो पाँचौपटक समय थपेको हो । लकडाउन सुरु भएयता दिनदिनैजसो कोरोना संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको छ ।
मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…