सरकारले भन्यो : 'अनलाइन कक्षाका नाममा शुल्क असुल नगर्नु'
निजी विद्यालयहरु अनलाइन कक्षा सञ्चालन गरेर अभिभावकबाट शुल्क असुल्ने दाउमा देखिन्छन् ।

२०७७ बैशाख २३ मंगलबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क लिन नपाइने निर्णय गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले सोमबार जारी सूचनामा जनाएको छ । सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा ती परीक्षा सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको उल्लेख गरिएको छ ।
मन्त्रालयले संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य शुल्क छुट दिने निर्णय भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।
लकडाउनमा पूर्ण रुपमा पठनपाठन अवरुद्ध भएपनि निजी विद्यालयहरु भने अनलाइन कक्षा सञ्चालन गरेर अभिभावकबाट शुल्क असुल्ने दाउमा देखिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…