सर्लाहीको जंगलमा वन्यजन्तु मार्न खोज्ने तीन पक्राउ
लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ ।

२०७७ बैशाख २२ सोमबार, दिउँसो १:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा वन्यजन्तु मार्न खोज्ने तीन जना पक्राउ परेका छन् ।
सर्लाहीको वागमति नगरपालिका–१० शंकरपुरको जंगलमा वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यहीका भीमबहादुर डिमडुम रहेका छन् ।
आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् ।
सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…