महोत्तरीबाट सीमा पार गर्दैगर्दा ११ भारतीय पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दै गर्दा ११ भारतीय पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका ९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई सोमबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । उनीहरु सबै मुस्लिम समुदायका छन् । हा

२०७७ बैशाख २२ सोमबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दै गर्दा ११ भारतीय पक्राउ परेका छन् ।
जिल्लाको मनरासिस्वा नगरपालिका ९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई सोमबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । उनीहरु सबै मुस्लिम समुदायका छन् ।
हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् ।
उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका थिए । लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाकाबाट पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा के गर्ने भन्नेबारे तय गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…