महोत्तरीमा अज्ञात रोगबाट ११ जनाको मृत्यु, डब्ल्यूएचओको टोली बस्तीमा
थाहै नभएको रोगका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

२०७७ बैशाख २० शनिबार, बेलुकी ७:११ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात कारण थप दुई जनाको मृत्यु भएको छ ।
योसँगै थाहै नभएको रोगका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिवास १२ मेघरोल र भंगाहा ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि मंगलबारसम्म ८ जनाको मृत्यु भइसकेको छ । तीमध्ये बर्दिवास १२ का चार, भंगाहा ७ का ६ र भंगाहा ६ का एक जना छन् ।
ती तीनै वडाका बस्ती आपसमा जोडिएका छन् । भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले विषाक्त घरेलु मदिरा पिएका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले शव परीक्षणको नतिजा आएपछि मात्र मृत्युको कारण निर्क्योल गर्न सकिने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनसहितको टोली बस्तीमा

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…