ओलीको सरप्राइज प्रस्ताव : बामदेव प्रधानमन्त्री, नेपाल तेस्रो अध्यक्ष
ओलीको यो प्रस्तावलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०७७ बैशाख १८ बिहीबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सचिवालय बैठकमा सरप्राइज प्रस्ताव राखेका छन् ।
ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेश्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।
नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।
ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ ।
ओलीको यो प्रस्तावलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…