आत्मियताको पहिचान, स्वायतताको बोधको लागि, आफनो हक अधिकारको लागि, संवैधानिक सुनिश्चितता गर्नको लागि, सँविधानमा सुनिश्चित गर्नको लागि कलाकर्मी, रचनाधर्मीहरु मिथिला राज्य सँघर्ष समितिलाई सघाउनुपर्ने मिथिला राज्य सँघर्ष समितिका सँयोजक परमेश्वर कापडीले न्यूज ब्यूरोसँग भने ।
८ औं बलिदानी दिवसमा न्यूज ब्यूरोसँग कुराकानी गर्दै मिथिला राज्य संघर्ष समितिका सँयोजक परमेश्वर कापडीले नेपालको संघीय सँरचनामा प्रदेशको आधारमा संरचना बनेपनि कुमानसिकताका कारण मिथिलालाई स्थापित गराउन आनाकानी भएको बताए ।
उनले भने– “ उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचान सहित संघीय संरचनामा मिथिला राज्य कायम होस । तर, मधेशीयाहरुको राजनीतिक नँगटोइ, कुटनितिक खचरैय (बदमासी) का कारण षडयन्त्रपूर्वक रोकियो । प्रदेश नं. २ मा मैथिली भाषा कामकाजको भाषा तोक्नुपर्ने र शहिदहरुको माँगको, मानको, अभिमानको सपना अवश्य पूरा हुनेछ ।
“भाषा, माटो र सँस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो , पहिलो पटक बँगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रो पटक नेपालको जनकपुरमा भएको ईतिहास छ । आफ्नो पहिचानको लागि जारी रहेको यो आन्दोनल उपलब्धी नहुन्जेलसम्म जारी रहनेछ ।”– उनले थपे ।
गत वि.स. २०६९ साल बैशाख १८ गते विहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै साहलाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत धनुषामा गत वर्ष चैत्त १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
झाका अनुसार, सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकश चौधरी र मुकेशकुमार कर्णलाई जन्मकैदको सजाय सुनाएका छन् ।
पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा तत्कालिन धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपपछि सद्भावना पार्टीबाट निलम्बीत गरियो ।
उक्त बम विस्फोटमा परेर दीपेन्द्र दास, विमलशरण दास, सुरेश उपाध्याय , मिथिला नाटयकला परिषद्की रंगकर्मी एवम कलाकार रञ्जु झा र झंगरु मण्डल लगायत ५ जनाको ज्यान गएको थियो ।
बम काण्डमा नाम मुछिएपछि धनुषाका प्रहरी प्रमुख उत्तमराज सुवेदी, प्रवक्ता गोविन्द पुरी, किस्म्त भण्डारी लगायतको कार्यकालमा उनलाई भारतबाट पक्राउ गरी अदालतमा म्याद थप गरिएको थियो ।
उनी कैयौँ वर्षदेखि सुरक्षा चुनौति भन्दै काठमान्डौँको नख्खु जेलमा राखिदै आएको हो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…