नेकपा बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते
विवाद बढ्दै जाँदा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियान समेत चल्न थालेको छ ।

२०७७ बैशाख १७ बुधबार, राति १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।
दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ । नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ ।
विवाद बढ्दै जाँदा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियान समेत चल्न थालेको छ भने ओली पनि संसदीय दलमा आफ्नो बहुमत देखाउन छुट्टै हस्ताक्षर अभियानमा जुटेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…