वडाध्यक्षकै घर अगाडी माछा बजार
यता वडाध्यक्ष सहनिले प्रसासनलाइ कडाइका साथ ड्युटीलाई निरन्तरता दिन लगाउने बताए।

२०७७ बैशाख १५ सोमबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई मध्यनजर गर्दै लगाएको लकडाउन र सोसल डिस्टान्समा पनि बजारमा भीडभाड देखिएको छ ।
विश्व कोरोनाको महामारीबाट त्रासमा हुँदा धनुषाको सबैला नगरपालिकामा लकडाउनको धज्जिया उडाइएको छ । सबैला नगरपालिका वडा नं. ७ मा वडाध्यक्षकै घर अगाडी बजार माछा बजार लगाइएको छ ।
सरकारले भीडभाड कम गर्न तथा भीड नै जम्मा नगर्न भनेपछि वडाध्यक्षको घर अगाडी नै माछा बजार लगाएपनि बोल्न सकेका छैनन् । बजारमा अत्यधिक भीड देखिएको थियो ।
“सप्ताहको दुई दिन सोमबार र बिहिबार बजार लाग्छन । चौतर्फी लगभग दस गाउबाट ब्यापारी तथा किनबेच गर्नेहरुको भिडभाड पनि उत्तिकै हुन्छन । यहाँका अधिकासंहरुको गुजाराको मुख्य आय पनि हरियो तरकारी,सागसब्जी तथा व्यापार नै हो।”– एक स्थानीयले भने ।

वडाकै खोलाको डिलमा गाउँको पुर्व पट्टि चौकमा दुई दिन माछालाइ लिएर बाहिरबाट ब्यापारी आउने गरिन्छ । भिडभाड किनबेच गर्नेहरुको उतिकै हुन्छ्न तर वडाध्यक्ष रामदेव सहनिले उक्त बजार बिरुद्ध एक शब्द पनि नबोलेको वडाकै एक स्थानीय बताउछन ।
लकडाउन भएपछी ठाउँ ठाउँबाट कालोबजारी गर्नेहरु पक्राउ परिरहेका छन तर यहां अन्य दिन भन्दा लकडाउनको बजारमा प्रतिकेजी माछामा २०० देखि ३०० थप गरि किनबेच हुन्छ्न।
यता वडाध्यक्ष सहनिले प्रसासनलाइ कडाइका साथ ड्युटीलाई निरन्तरता दिन लगाउने बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…