लकडाउन फेरि १० दिन थपियो
लकडाउन थपिएको यो चौथोपटक हो ।

२०७७ बैशाख १४ आइतबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
लकडाउन थपिएको यो चौथोपटक हो । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो ।
यसअघि शनिबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…