सपा फुटाउने अभियान असफल भएपछि जसपाको दर्ता रोक्न उजुरी
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अ

२०७७ बैशाख १४ आइतबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् ।
सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपा दल दर्ताको निवेदन स्वीकार नगर्न उजुरी दिएका हुन् ।
जसपाले दल दर्ताका लागि दिएको निवेदनमा नेपाल बहुराष्ट्रिय राज्य कायम गर्ने भनेको र सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरीत रहेको निवेदनमा उल्लेख छ ।
संविधानको मर्म र भावना विपरीत छुट्दै देशको अर्थ झल्किने गरी दल दर्ताको प्रस्ताव गरिएकोले संविधानको धारा २६९ विपरीत रहेको सो दल दर्ता प्रक्रिया रोक्न निवेदनमा माग गरिएको छ ।
समाजवादी पार्टी फुटाउने सरकारी अभियान असफल भएपछि सत्तारुढ युवा संघका नेताहरु यस्तो उजुरी लिएर आयोगमा पुगेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…