विद्यार्थीलाई शुल्कको लागि परेशान गरे लकडाउनमै आन्दोलन : नेविसंघ
लकडाउन अवधिमा यस्ता क्रियाकलाप नगर्न सरकारको आदेशलाई अवहेलना गरे आन्दोलन गर्ने जनाएको छ ।

२०७७ बैशाख १४ आइतबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ सिटिइभिटी प्रदेश समन्वय समितिले महामारीमा विद्यार्थीलाई शुल्कको लागि कुनै कलेजले दबाब दिए लकडाउनमै आन्दोलनको चेतावनी दिएको छ ।
समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन र महामारीमा समेत प्रदेश नं. २ का विभिन्न जिल्लामा रहेका केही कलेजहरुले विद्यार्थीहरुसँग शुल्कको कुरा उठाएको सुन्नमा आएको भन्दै यस्ता गतिविधि गरे आन्दोलनको चेतावनी दिएको हो ।
नेपाल सरकारले एक महिनाको कुनै शुल्क नलिन आग्रह गरिएपनि केही कलेजहरुले आफ्नो स्वार्थपूर्तिको लागि महामारीमा पनि शिक्षा व्यापार गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिइएको हो ।

नेविसंघ सिटिइभिटी प्रदेश २ का अध्यक्ष ईन्द्रजीत कुमार गोइतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लकडाउन अवधिमा यस्ता क्रियाकलाप नगर्न सरकारको आदेशलाई अवहेलना गरे आन्दोलन गर्ने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…