जनकपुरः जँगली बँदेलको मासू बाँडफाँडमा दुई पक्षबीच झडप !
लकडाउनको उलंघन गरेर चन्देश्वरले ठुलो भिड जम्मा गरेर घरमा मासु बाँडफाँड गरेको छ ।

२०७७ बैशाख १३ शनिबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । बँदेलको मासू बाँडफाँडको क्रममा दुई पक्षबीच झडप हुँदा एक जना घाईते भएको छ ।
प्रदेश नं. २ को सर्लाही जिल्ला (जनकपुर अञ्चल) को मलंगवा नगरपालिकामा दुई पक्ष बिच भएको झडपमा एक जना घाईते भएका छन् ।
आज (शनिबार) सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका केही स्थानीय ब्यक्तिहरुले गाउँ नजिकैको खेतबाट मारेर ल्याएको जंगली बँदेलको मासुको बाँडफाँडलाई लिएर गाउँकै दुई पक्ष बिच झडप भएको जनाइएको छ ।
दिउँसो स्थानीय चन्देश्वर रायको घरमा बाँडफाँड भइरहेको मासु लिन भनि गएका बिल्टु रायलाई चन्देश्वर राय र उनका छोरा शशी यादव मिलेर कुटपिट गरेपछि विवाद उग्र भएको थियो ।

कुटपिटबाट बिल्टु रायको टाउको फुटेको छ । झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेर कुटने चन्देश्वर रायको छोरा शशी यादव र घाइते बिल्टु राय र उनका छोरालाई नियन्त्रणमा लिएर केहि छिन पछि छोडि दिएको हो ।
लकडाउनको उलंघन गरेर चन्देश्वरले ठुलो भिड जम्मा गरेर घरमा मासु बाँडफाँड गरेको छ । केहि दिन अघि चन्द्रनगर गाउँपालिकामा जंगली बँदेलको मासु बाँडफाँडको विषयलाई लिएर दुई पक्ष बिच कुटाकुट भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…