पिता र सम्झौता
असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ ।
२०७७ बैशाख १३ शनिबार, बिहान ११:४२ बजे२ मिनेट पढाइ

असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ ।
२०७७ बैशाख १३ शनिबार, बिहान ११:४२ बजे२ मिनेट पढाइ

बाबाका विषयमा धेरै नै कम कविताहरु लेखिएका होलान् । तर, वहाँको बलिदान बारे हामीले बुझ्नु निकै आवश्यक हुन्छ । उहाँ हाम्रो अगाडी एकदम बलियो भएर वा भनौं कडा भएर प्रस्तुत भएता पनि वहाँको मनको कोमलता र वहाँको माया हामीले बुझ्नु आवश्यक छ । वहाँले कहिले काहिँ सायद खस्रो बोलि पनि बोल्नुहुन्छ । जबकी, आमाको सुसिलता र मायालु बोलि सुनी हामीलाई यो भान हुनसक्छ कि, ‘मलाई त आमाले मात्रै माया गर्नुहुन्छ, बाबाले त माया नै गर्नुहुन्न ।’ तर, असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ । बाबा अर्थात् पिता र उनका सम्झौता बारे केहि थोरै कुरा समेटेर बाबाका अपार प्रेमलाई म कविता मार्फत् दर्शाउने प्रयास गरेकी छु । प्रस्तुत छ :
जसले, आफू भोकै बसेर पनि,
आफ्नो सन्तानलाई भर पेट खुवाउँछन्,
ती खाली पेटसँग गरेको सम्झौता हुन् पिता ।
जो, आफूलाई ठूलै समस्या आइपर्दा पनि,
निडर भएर उभिन्छन्,
तर, आफ्ना सन्तानले हिड्न सिक्दा लडे पनि, आफ्नो अनुहार खुमचाउँछन्,
त्यो डर र चिन्तासँग गरेको सम्झौता हुन् पिता ।
जो आफू झोपड पटीमा बसेर पनि,
आफ्ना सन्तानका निम्ति,
उसलाई भविष्यमा महल बनाउन सक्ने क्षमता विकास गर्छन्,
ती विश्वाससँग गरेको सम्झौता हुन् पिता ।
जसले आफ्ना सन्तानका भविष्यको निम्ति,
वर्तमानमा आफ्नो रगत र पसिना दुबै एक गरि, उसैको निम्ति कमाउँछन्,
त्यो संघर्षको बाटोसँग गरेको सम्झौता हुन् पिता ।
आफूले च्यातिएको लुगा सिलाएरै लगाए पनि,
आफ्ना सन्तानका निम्ति नयाँ लुगा किनी दिने,
त्यो सियो र धागोसँग गरेको सम्झौता हुन् पिता ।
आफ्नो सन्तानको सपनाका लक्ष्य पूर्तिका निम्ति (२)
आफ्नो सपना र रहरहरुलाई पनि सपना नै रहन दिने,
त्यो बलिदानसँग गरेको सम्झौता हुन् पिता ।
सन्तानका झुट्टा कुराहरु जान्दा जान्दै पनि, (२)
त्यस झुठमा पनि सत्यता खोज्ने,
त्यो मुर्खतासँग गरेको सम्झौता हुन् पिता ।
आफ्नो खल्ती खाली हुँदा पनि,
सन्तानका निम्ति कहिल्यै पनि हातमा पैसा नभएको महसुस नगराउने,
त्यो झुठसँग गरेको सम्झौता हुन् पिता ।
जसले, आफ्ना सन्तान सदैब खुशी रहोस् भनेर,
आफूलाई परेको दुःख पिडा नि बिर्सिन्छन्,
र, उसैका खुशीमा मुस्कुराउँछन्,
त्यो झुटो अभिनयसँग गरेको सम्झौता हुन् पिता ।
जसले आफ्ना सन्तानलाई कराउँछन्, हपकाउँछन्, अनि तर्साउछन्,
तर, नदेखिने गरि मायाको सागर बगाउँछन्,
ती अदृश्य स्नेहसँग गरेको सम्झौता हुन् पिता ।
आफूलाई सयौं घाउ चोट लाग्दा पनि अइया नगर्ने,
तर, सन्तानका शरीरबाट एक थोपा रगत बग्दा पनि,
आफ्नै मृत्यु होस् भान ठान्ने,
त्यो कालसँग गरेको सम्झौता हुन् पिता । (२)
प्रतिक्षा यादव
काठमाडौं स्कूल अफ ल
कानून संकाय (चौथो वर्ष)
लहान–४, सिरहा, नेपाल
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१७ मिनेट अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१३ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१६ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१६ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२१ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२१ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…