लकडाउनमै लागू औषध सहित एक युवक पुनः पक्राउ
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको सशस्त्र प्रहरीबलले जनाएको छ ।

२०७७ बैशाख ११ बिहीबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाबाट एक युवकलाई पक्राउ गरिएको छ ।
सिरहाको नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहा का डि एस पी तथा सूचना अधिकारी प्रेम बहादुर रावलको कमाण्ड्मा खटिएको गस्ती टोलीले नवराजपुर गाउँ पालिका – ५ कुसण्डीको नेपाल – भारत दशगजा क्षेत्र स्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेको हो ।
भारतबाट नेपाल आउदै गरेको सिरहा लहान नगरपालिका वडा नं. २० बस्ने वर्ष २२ को मोम्महद मोहोदिमु मियालाई पक्राउ गरिएको हो ।
उनको साथबाट प्रहरीले Dizelab -16 ampulas , Promezine -16 Ampulas र लेवल नभएको पानी रङ्गको बोतल -15 पिस लागू औषध सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेको मिया लाई आबश्यक कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको सशस्त्र प्रहरीबलले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…