राजपा र सपाको नयाँ पार्टी 'जसपा' !
समाजिक सञ्जालमा स्टेटस तथा टिकाटिप्पणीको लर्को लागेको छ ।

२०७७ बैशाख १० बुधबार, राति ११:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको खवर प्राप्त भएको छ ।
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी तथा ६ अध्यक्षमण्डल नेतृत्वको राष्ट्रिय जनता पार्टीले लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेकोमा आज(बुधबार) राति सहमति भएको बुझिएको छ ।
सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
यता, सपा र राजपाको पार्टी एकिकरण तथा पार्टीमा फुटको समाचारलाई लिएर समाजिक सञ्जाल अहिले तातिएको छ । समाजिक सञ्जालमा स्टेटस तथा टिकाटिप्पणीको लर्को लागेको छ ।
राजपाका नेताहरु तथा सपाका नेताहरु सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबिच एकताको सहमती पत्रमा यसरी लेखिएको छ :
राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका प्रतिनिधिहरू बिच आज सयुक्त बैठक सम्पन्न भएको छ । यस अवसरमा सर्वप्रथम हामी कोरोना भाइरस ।कोविड १९० महाव्याथिले नेप्राल लगायत विश्वभर निम्त्याएको सामाजिक, साँस्कृतिक, राजनीतिक तथा आर्थिक बिपत्ती र जनघनमा पुर्याएको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दछौँ र विश्वभर यस महामारीका कारण अकालमा मृत्युवरण गर्नु परेको लाखौँ मानिसंहरूपति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं ।
द्वेशमा सात दशक लामो संघर्ष र वलिदानपश्चात सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। ( विश्वमा विर्कासत नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले यसमा केही अपूर्णता रहे पनि यो सम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धी हौ । यसलाई अझ विकसित गर्दै बानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, वहराप्ट्रिय राज्य सुहाउँदो न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राप्ट्रवादको विकास गर्न जरुरी छ ।
राजनीतिक शक्तिको विकल्पमा विचार, संगठन र कार्यपद्धतिको दृप्टिले राजनीतिक शक्ति निर्माण गर्नु आवश्यक छ । यहि आवश्यक्ता सबै राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको सधीयता, बर्न तथा राष्ट्रिय मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न । अग्रमामी परिवर्तनकारी शक्तिको रूपमा रहेको दुई पार्टीबिच निम्न आधारमा एकिकरण गर्न सहमति गरेका छौं ।
* पार्टी एकिकरण समानताको आधार मानिने छ ।
* एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी , नेपाल हुने छ ।
* एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयताकार आकारमा रातो र हरियो रँगको बीचमा तारा हुने छ ।
* एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता छाप हुनेछ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…