सामूहिक नमाज नपढ्न सरकारको अपिल, जमाती बसेको क्षेत्रमा परीक्षण हुने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो । मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो ए

२०७७ बैशाख १० बुधबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो ।
मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो एक महिना लामो हुन्छ । यसमा मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा गएर समूहमा नमाज पढ्ने र अन्तिममा भोज गर्ने गर्छन् । तर, कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सकेसम्म घरमा नै बसेर नमाज पढ्न तथा आफ्नो धर्मअनुसारका पूजा गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, मुस्लिम आयोग र मन्त्रालयका अधिकारीहरूबीच भएको छलफलमा नेपालमा रहेका जमातीहरूलाई कोरोना भाइरसको परीक्षण दायरामा ल्याउने सहमति भएको छ ।
साथै, उनीहरू बसेको मस्जिद र आसपासका क्षेत्रमा पनि परीक्षण गर्ने र उनीहरूलाई मदरसामा क्वारेन्टाइनमा राखिनेछ । यसका लागि मुस्लिम आयोगले अनुगमन समितिसमेत बनाउनेछ र मस्जिदहरूमा गएर अनुगमन गर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…