नेपालमा कोरोना सँक्रमितको सँख्या ३२ पुग्यो
त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०७७ बैशाख ९ मंगलबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप एक जनामा कोरोना पोजिटिभ भएको ठहर भएको छ । पिसिआर विधिबाट गरिएको परीक्षणको क्रममा एक जनामा कोरोनो पोजिटिभ देखिएको हो ।
आज दिउँसोसम्म ३१ रहेकोमा पुनः एक जना थप भएपछि नेपालमा जम्मा सँक्रमित सँख्या ३२ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिँगको क्रममा प्रवक्ता डा. विकास देवकोटाले प्रदेश नं. २ को उदयपुरबाट थप एक जना पुरुषमा पोजिटिभ रिजल्ट आएको हो ।
आजसम्म ८ हजार ७ सय ६३ जनामा गरिएको परीक्षणबाट ३२ जना सँक्रमित भेटाएको हो भने १ सय ७ जना आइसोलेशनमा रहेको जनाइएको छ ।
त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…