जँगलमा भेटिए ११ भारतीय !
उनीहरु तरहरामा बस्दै आएको स्थानीय सर्वसाधरणहरुले बताएका थिए ।

२०७७ बैशाख ९ मंगलबार, दिउँसो १:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । लकडाउनको बेला सुनसरीको इटहरी जँगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् ।
सुनसरीको इटहरी २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएको ईलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । लकडाउन भए सँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको हो ।
फेला परेका विदेशी नागरिक सबै भारतीय हुन । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लकडाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए ।
उनीहरु करिब एक महिना देखि त्यही बस्दै आएका रहेछन डिएसपी भण्डारीले भने ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको प्रहरीले बताएको छ । उनीहरुको र्यापिट टेष्ट गरि क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
उनीहरु तरहरामा बस्दै आएको स्थानीय सर्वसाधरणहरुले बताएका थिए ।
केहि दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ ।
भारतीय नागरिकहरु लुकिछिपि नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…