प्रदेश २: ७ ग्यास उद्योगको लाईसेन्स खारेज !
यसरी लाइसेन्स लिने तर उद्योग स्थापना नगर्दा अनुमतिपत्र किन बेचजस्ता काम हुने गरेको थियो ।

२०७७ बैशाख ७ आइतबार, बिहान ९:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न जिल्लाको ७ ग्यास उद्योग सहित ५० ग्यास उद्योगको लाईसेन्स खारेज गरिएको छ ।
नेपाल आयल निगमले अनुमपति पत्र लिएर पनि प्रदेश नं. २ को महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नं. १० स्थित रहेको बर्दिवास इन्भेस्टेमेन्ट मल्टिपरपज प्रा.लि. को लाईसेन्स खारेज गरेको हो ।
नेपाल आयल निगमले अनुमतिपत्र लिने तर ग्यास उत्पादन नगर्ने प्रदेश २ को ७ उद्योगको अनुमतिपत्र खारेज गरेको हो । २०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए ।
यस्तै, प्रदेश नं. २ कै सिरहा जिल्लाको बहडरमाल स्थित रहेको कमला ग्याँस उद्योग, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको माता रानी ग्यास उद्योग, धनुषाकै सगुन ग्याँस उद्योग प्रा.लि., मिथिला नपा ४ स्थित रहेको कञ्चनजँघा ग्यास उद्योग प्रा.लि., बाराको आरके ग्यासँ उद्योग प्रा.लि., धनुषाधाम नपा ९ स्थित रहेको आदित्य ग्यासँ प्रा.लि. र नारायणी ग्यासँ उद्योग प्रा.लि.को शाखाको रुपमा रहेको धनुषा स्थितको नेपाल ग्यासँ प्रा.लि.को लाईसेन्स खारेज गरिएको हो ।

निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि आज (आईतबार) देखि खारेजीमा परेका हुन् । यी कम्पनीहरुले निगमबाट ग्यास उद्योग निर्माण गरि सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण गरेका थिएनन् ।
यसैगरी अर्काथरीले उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा उनीहरु सम्पर्कमा नआएको निगमले जनाएको छ ।
यसरी लाइसेन्स लिने तर उद्योग स्थापना नगर्दा अनुमतिपत्र किन बेचजस्ता काम हुने गरेको थियो ।
अहिले ग्यास उत्पादन गर्ने कम्पनीहरु कोशी ग्यास, लुम्बिनी ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, नोबेल ग्यास, राजधानी ग्यास, सहारा ग्यास, सुगम ग्यास, भेरी ग्यासलगायतले पनि शाखा खोल्ने भनेर लाइसेन्स लिएका थिए ।
ती कम्पनीहरुले शाखाका लागि पीडीओ नलिँदा उनीहरुको शाखा उद्योगको अनुमतिपत्र समेत खारेज भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…