इटहरीका सबै मस्जिद शील !
व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी छन ।

२०७७ बैशाख ५ शुक्रबार, राति ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, इटहरी । प्रदेश नं. १ को इटहरीमा रहेको सबै मस्जिदहरु शील गरिएको छ । आज (शुक्रबार) मस्जिदहरु शील गरिएको जनाइएको छ ।
नेपालमा शुक्रबार नै कोरोनाको थप १४ जना भेटाएपछि मस्जिदहरु शील गरिएको हो । नेपालमा ३० जना कोरोना सँक्रमित सँख्या भए लगत्तै सरकार हलचलमा आएको छ ।
पछिल्लो समय देशभरका विभिन्न मस्जिदहरुमा देश बाहिरबाट आएका मुस्लिम धर्मावलम्बीहरु हुन सक्ने र कोरोना भाइरस संक्रमणको संभावना उच्च रहेको भन्दै चिन्ता व्यक्त भएपछी इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको छ ।
केही दिन अघि भारतबाट आएका मुस्लिम धर्मावलम्बीहरु मध्ये वीरगंजको एक मस्जिदबाट केही कोरोना संक्रमित भारतिय नागरिक भेटिएपछी देशभरका मस्जिदहरुमा ठूलो संख्यामा भारत,पाकिस्तान तथा अन्य मुलुकबाट मुस्लिम धर्मावलम्बी आएको हुनसक्ने आशंका गरिएको थियो ।
नोबेल कोरोना भाइरसबाट संक्रमितको संख्या १६ जनाबाट बढेर ३० जना पुगेपछी इटहरीमा भएका मस्जिदहरु पनि सिल गरिएको इटहरी उपमहानगरपालिकाकी उप मेयर लक्ष्मी गौतमले जानकारी दिएकी हुन् ।
उपमेयर गौतमले सरकारको निर्देशन बमोजिम आजै सबै मस्जिद खाली गरि त्यहा भएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…