धनुषामा एक युवक निर्घात कुटिए
रिपोर्टिङग सकेर एउटै मोरटसाईकलमा मोरबैता र रोहिता दुवै जना बसेका थिए ।

२०७७ बैशाख ५ शुक्रबार, राति ९:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकलाई अज्ञात व्यक्तिहरुले निर्घात कुटपिट गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिकाको कोयलपुरमा आज बेलुकी करिब ९ बजे शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरा बस्ने अन्दाजी बर्ष ३० का सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरिएको हो ।
कोयलपुर स्थित रहेको एक रक्सी भठ्ठी स्थित उनलाई कुटपिट गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने व्यक्तिहरुको पहिचान नभएको तथा उनीहरुको खोजी कार्य भईरहेको छ ।
पीडित रोहिताको सँगै रहेका सँचारकर्मी मनोज मोरबैताले कुटपिट गर्नेहरुलाई चिन्न नसकेको प्रतिक्रिया दिएका छन् । यदुकूहाबाट विसरभोरा जाने क्रममा कोयलपुर नजिकै रक्सी भठ्ठी नजिक कुटपिट गरिएको हो ।
यदुकूहाको विद्यालयमा राखिएको कोरोनाको क्वारेन्टाइनको रिपोर्टिङग सकेर दिउँसै साथीको घर गएको र राती ९ बजे बिसरभोरा जाने क्रममा कुटपिट गरेको मोरबैताले बताए ।
रोहितालाई कुटपिट किन गरिएको बारे खुलेको छैनन भने उनीसँगै रहेका मोरबैताले शहिदनगरको रिपोर्टिंको कारण नगर प्रमुख उदय कुमार बरबरियाले कुटपिट गर्न लगाएको हुन सक्ने आंशका रहेको बताए ।
यता, नगर प्रमुख बरबरियाले यस सन्दर्भमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । आफू काममा व्यस्ता रहेको जनाउँदै त्यो घटनाबारे कुनै जानकारी नआएको बताउँदै यस बारे बुझेर मात्र भन्न सकिने बताए ।
रिपोर्टिङग सकेर एउटै मोरटसाईकलमा मोरबैता र रोहिता दुवै जना बसेका थिए । सोही क्रममा रोहितालाई अज्ञात समूह आएर कुटपिट गरेको मोरबैताले बताए । मोरबैताले रोहितालाई कुटपिट गर्न थालेपछि आफू डरले भागेको बताए । उनले आफूलाई पनि कुटपिट गरेको बताएका छन् ।
सो क्रममा मोरबैताले ल्यापटप र क्यामेरा समेत खोसेर भागेको बताएका छन् । यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दीपक बाबु केसीले ल्यापट र क्यामेरा खोसिएको बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
केसीले अहिले झगडा भएको ठाउँमा प्रहरी पठाएको र कुटपिट गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएका छन् । रोहितालाई टाउको र कोंखामा चोट लागेको तथा अवस्था समान्यझैं रहेको बताए ।
रोहितलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा एम्बुलेन्स मार्फत ल्याइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…