चौतारा सांगाचोकगढी नपामा पहिलो चरणको परीक्षण सम्पन्न
मातृका सुवेदी , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाको १४ वटै वडामा पहिलो चरणको द्रुत परीक्षण बिधी आरडिटी परिक्षण मार्फत कोरोना (कोभिड १९) परीक्षण सम्पन्न भएको छ । २०७६ चैत १ गतेदेखि हालसम्म बिदेश बाट फर्किएर नगरपालिका आइ सम्पर्कमा आएका ८ जना महिला र ५८ जना पुरुष गरि जम्मा ६६
२०७७ बैशाख ५ शुक्रबार, राति ८:२५ बजे१ मिनेट पढाइ

मातृका सुवेदी , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाको १४ वटै वडामा पहिलो चरणको द्रुत परीक्षण बिधी आरडिटी परिक्षण मार्फत कोरोना (कोभिड १९) परीक्षण सम्पन्न भएको छ ।
२०७६ चैत १ गतेदेखि हालसम्म बिदेश बाट फर्किएर नगरपालिका आइ सम्पर्कमा आएका ८ जना महिला र ५८ जना पुरुष गरि जम्मा ६६ जनाको परिक्षण भएको हो । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएपनि अनुशाशीत भै होम क्वारेन्टाइनमा बस्न सम्पूर्णलाई डाक्टरले सुझाब दिएका छन ।
विदेशबाट आएका व्यक्तिहरू कोहि छुटेका छन भने यथाशीघ्र नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न नगरपालिकाले आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मातृका सुवेदी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…