जनकपुरः मोनाष्टिक स्कूलले सुरु गर्यो अनलाईन कक्षा
घर घरमा मोनाष्टिको शिक्षक भन्ने अभियान अन्तर्गत अनलाईन कक्षा सँचालनमा ल्याएको हो ।

२०७७ बैशाख ४ बिहीबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सँस्थागत विद्यालयहरुमध्ये प्रदेश नं. २ मै परिचित रहेको जनकपुरको मोनाष्टिक स्कूलले अनलाईन कक्षा सुरु गरेको छ ।
नेपाल सरकारको निर्देशन अनुसार कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण स्थगित भएको कक्षा १० एसईई परीक्षाको तयारीको लागि अनलाईन कक्षा सँचालनमा ल्याएको हो ।
यसका साथै, आधारभूत र माध्यमिक तहका अन्य कक्षाहरुको समेत तयारी घरमै बसेर अनलाईन मार्फत गर्ने प्रबन्ध मिलाएको विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु साहले जानकारी दिनुभयो ।
साहका अनुसार, मोनाष्टिक स्कूलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै घर घरमा मोनाष्टिको शिक्षक भन्ने अभियान अन्तर्गत अनलाईन कक्षा सँचालनमा ल्याएको हो ।

विद्यालयले विषयगत शिक्षक (टिचर) मार्फत ईलेक्ट्रोनिक्स डिभाइस (ल्यापटप, कम्प्युटर, मोबाईल) मार्फत घरमै बसेर अनलाईन कक्षामा सहभागी हुन सक्ने जनाएको छ ।
सरकारले लगाएको लकडाउन पालनासँगै अध्ययन अध्ययापन समेत आवश्यता रहेको भन्दै प्रबन्धक डा. साहले बालबालिकाका अभिभावकहरुले समेत उनीहरुको मनोभावना बुझेर रचनात्मक कार्यप्रति अभिप्रेरित गर्न आग्रह गर्नुभएको छ ।
अनलाईन कक्षामा सहभागी हुनको लागि https://www.facebook.com/jaimonastic मा जुडन आग्रह गरिएको छ । यो फेसबुक पेज मोनाष्टिक स्कूलको अधिकारिक पेज हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…