अण्डकोषमा हानेर प्रहरीलाई बेहोस बनाएको कसैले किन देखेन ? : एसपी खडका
उक्त भिडिओमा एक प्रहरी हवल्दार पनि ढलेका छन् ।

२०७७ बैशाख ४ बिहीबार, राति ८:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । लकडाउन उल्लघन गरी प्रहरीलाई जिस्काउने समुहलाई शान्त पार्न रौतहटको गौरमा हिजो समान्य झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ ।
बाहिर बसेको व्यक्तिलाई भित्र जाउ भनेर समझाउन खोज्दा प्रहरी माथि नै आक्रमण भएपछि रौतहट प्रहरीले गौरमा बल प्रयोग गरेको प्रहरी उपरिक्षक रविराज खडकाले बताएका छन् ।
उपरिक्षक खडकाका अनुसार गस्तीमा गएको बेला लकडाउन उल्लंघन गर्नेहरू संग कुरा गर्दा आक्रमक भएर प्रहरी हवल्दार महेश खङ को अण्डकोषमा हानेर घाइते बनाएपछि प्रहरीले आत्मरक्षाको लागि चाहदा नचाहदै बल प्रयोग गरेको हो ।
घाइते हवल्दार खङ वेहोस भएपछि घटना स्थलमा थप टोली पठाइ घाइते उदार गर्दा बखत स्थानीयहरु संग झडप भएको उपरिक्षक खडकाको भनाई छ ।
बाटोमा गस्ती गएको बेला आठ९नौं जना फेला पारे र सम्झाउने क्रममा उनिहरूले प्रहरीमाथि जाइलागे घटनालाई बढन नदिन चार जनालाई नियन्त्रमा लिनु परेको खडकाले खुलासा गरे ।
प्रहरी हवल्दारको खङ अण्डकोषमा ढुङ्गाले लागेपछि ती बेहोस भएका थिए र अहिले पनि जिल्ला अस्पतालमा उपचाररत छन, उनले भने । अस्पताल भर्ना भएपछि पनि उनि २—३ घण्टा पछि मात्रै होसमा आएका थिए ।
ती हवल्दारको तिघ्रामा पनि चोट लागेको एसपी खड्काले बताए । आफ्नो साथीलाई त्यसरी ढल्ने गरी हानेपछि अरूले दुईचार लाठी त हान्ने नै भयो, उनले भने ।
अर्को तर्फ यस घटनामा प्रहरी कै गल्ती रहेको प्रत्यक्षदर्शीले दाबी गरेको छ । घर अगाडि फोनमा कुरा गरिरहेको व्यक्तिलाई प्रहरीले अचानक पिट्न थालेपछि उसको बचाउ दुई चार जना आएको र प्रहरी संग झडप हुन थालेको बताए ।
झडप हुँदै गर्दा प्रहरीले महिला सहित केही पुरुषलाई निर्मम तरिकाले कुटपिट गरी पक्राउ गरी लगेको आरोप लगाए ।
बुधबार भएको झडप केही व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा निर्मम तरिकाले कुटपिट गरेको भिडिओ भाइरल भएको छ । त्यहाँ तीन—चार जना प्रहरीले एक जनालाई कुटपिट गरेको देखिएको छ।
उक्त भिडिओमा एक प्रहरी हवल्दार पनि ढलेका छन् । सोही घाइते प्रहरी हवल्दार खङको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ ।
प्रहरीले गौर कारागारका जेलर शम्भु यादवका छोरा गौर नपा ३ का २२ वर्षीय विवेक यादव, त्यहीका २६ वर्षीय राहुल यादव, २९ वर्षीय राजीव यादव र ३० वर्षीय अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…