घुम्ती परीक्षण शिविर चलाउन सरकारलाई कांग्रेसको आग्रह
न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ । लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरु मध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै कांग्रेसले भनेको छ, ‘बाहिरबाट आएर गाउँमा छरिएका कोह

२०७७ बैशाख ४ बिहीबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ ।
लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरु मध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै कांग्रेसले भनेको छ, ‘बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने एसिम्टोम्याटिक रहेछ भने त्यसले भयावह स्थिति निर्माण हुनसक्छ ।’
यसका लागि घुम्ती स्वास्थ शिविरको शैलीमा समुदायमा परीक्षण र्पुयाउनुपर्ने कांग्रेसले बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तीनै तहको सरकारलाई अपील गर्दछ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…