जनकपुरबाट लकडाउनमा पसल खोल्ने एक व्यापारी पक्राउ
प्रवक्ता कार्कीले लकडाउनलाई अझै कडा बनाउने तर्फ प्रहरी प्रशासन अग्रसर भएको बताउनुभयो ।
२०७७ बैशाख ३ बुधबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको सँक्रमण रोकथामको लागि सरकारले लगाएको लकडाउनमा पनि पसल सँचालन गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरली चोकबाट एक कपडा पसलेलाई पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को सुरेन्द्र गुप्तालाई आज दिउँसो ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीका अनुसार लकडाउन भएको बेला पनि पसल सँचालन गरी लकडाउनको उलंघन गरेको भन्दै पक्राउ गरिएको हो ।
यसका साथै, जनकपुरमा पसल सँचालन बारे कुनै प्रकारको निर्णय नभएको प्रवक्ता कार्कीले न्यूज ब्यूरोलाई बताउनुभयो ।
केही व्यापारीहरुले जनकपुरमा केही समयको लागि दैनिक रुपमा पसल सँचालन गर्न दिने निर्णय र अनुमति दिएको भन्दै हल्ला मात्र गरेको बताउनुभयो ।
प्रवक्ता कार्कीले लकडाउनलाई अझै कडा बनाउने तर्फ प्रहरी प्रशासन अग्रसर भएको बताउनुभयो ।
उहाँले अत्यावश्यक पसल बाहेक कुनै पनि पसल खोल्न नदिने बताउनुभयो । उहाँले औषधी पसल र खाद्यान्न बाहेक कुनै पनि पसल खोल्न बर्जित गरेको बताउनुभयो ।
बुधबारसम्म १६ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ भने थप ४ जनामा रयापिट टेस्ट पोजिटिभ देखिएपछि लकडाउन झन कडा बनाउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…