आलोचनामा रमाउनेहरु केहिदिन चुप बस्न सकिदैन ?
अहिले आलोचना भन्दा सहयोगको खाचो छ ज्यान बाचे जनप्रतिनिधि सँग हिसाबकिताब पछि पनि गरिन्छ ।

२०७७ बैशाख २ मंगलबार, दिउँसो ४:३९ बजे२ मिनेट पढाइ

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका छन ।
नागरिकहरु चैत ११ गते देखि घरमै थुनिएका छन । हुनेखाने परिवारले जसोतसो दैनिकी चलाएपनि दिनैकी ज्याला मजदुरी गर्ने विपन्न परिवारहरु बढी मर्का परेका छन।
उनीहरुलाई तत्काल राहतको आवश्यकता रहेपनि तिनै तहका सरकारले यसमा जून सक्रियता देखाउनु पर्थ्यो त्यसमा ढिलाई गरेकै हो ।
तरपनि , यस्तो माहामारीमा सातै प्रदेशको तुलानाना गर्दा लकडाउनका कारण छाक टार्न मुस्किल परेका विपन्न वर्गलाई प्रदेश सरकारले निर्देशिका सहित राहतको लागि रकम स्थानी तहमा पठाइसकेको छ ।
तर प्रदेश सरकारकै निर्देशिका अनुससार सर्वदलीय समित बनाएर वास्तविक विपन्न परिवालाई पहिचान गरी राहत वितरण गर्नुपर्छ ।
यस्तो अवस्थामा सर्बदलीय समित गठन गर्नु र नगरको वाडावडा बाट तथ्यांक संकलन गरी कागजी प्रक्रिया पुर्यानुपर्ने हुदा राहत वितरणमा केही दिन ढिलाई हुनु स्वाभाविक हो ।
तर जनकपुर उपमहानगरपालिका यूथ लिडर कहलाउने युवाहरुले यस्तो आपतिको बेला नगर प्रमुख र वडा अधयक्षहरुलाई सहयोग गर्नुको सट्टा आलोचनामै रमाएको देखिन्छ ।
यसको अर्थ मैले जनकपुरका सारा युवा नेतालाई भनेको होइन जनकपुरमा यस्तो पनि युवा नेताहरु छन् ।
जसले विभिन संघसंस्था संग समन्वय गरेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको २/३ दिनपछि देखिनै गरिव तथा दैनिकी ज्याला मजदुरी गरी खाने परिवाहरुको लागि खाद्यान्न सामग्री उनीहरुको घरघरमा पुर्याउदै आएको छ।
ती युवाहरु नगर प्रमुखको आलोचना मात्रै होइन, यो विपतको बेला नगरबासीको सहायो गर्न आफ्नो ज्यानको प्रभाह नगरी दिनरात खटिएको छ ति युवाहरुलाई मेरो सलाम छ ।
तर, जनकपुरमा २/४ जना युवाको टोली यस्ता पनि छन जसले नगरप्रमुखको आलोचना बाहेक केहि गर्दैन आफ्नो कर्तव्य के हो थाहा छैन अरुलाई मार्यदाको पाठ सिकाउदै हिड्या छन ।
दिनभर घरमा टिभी हेर्ने चिया पसलमा ग्रुप बनाएर चिया खादै गफ छाड्दै बस्ने र सामाजिक सन्जालमा गालीगलोज मात्रै गर्ने समय समयमा युवा नेताको धाक लगाउनमा पछि नहट्ने ।
म त्यही युवाहरुलाई भन्न चाहन्छु नगर प्रमुखले केही गरेन ठिक छ तपाइले आफ्नो ठाउँबाट के गर्दै हुनुहुन्छ ?
तपाइहरुलाई स्मरण गराऊ नगररिकले अधिकार खोज्नु आफ्ना प्रतिनिधि सँग प्रश्न सोध्नु राम्रो पक्ष हो तर त्यो अधिकार खोज्दै जादा आफ्नो कर्तव्य बिर्सुनु भएन ।
एउटा सचेत नागरिकको कर्तव्य हुनुन्छ जनप्रतिनिधि र सर्वसाधारण नागरिक बीच पुलको भूमिका निर्वाह गर्ने तर ती सचेत युवा जो आफूलाई नागरिसमाजको अगुवा कहलाउछ ठुलो अभियानी ठान्छ ।
तिनीहरु जनप्रतिनिधि र नागरिक बीचको पोल भत्काउने गरी प्रहार गर्छ अहिलेको अवस्थामा जन्प्रतिनिधलाई हौसला प्रदान गर्नुको सट्टा मनोबल घटाउने काम सक्रिय भएका छन ।
ती युवा जसले सधै भ्रमका खेती गर्ने आपतकोबेला पनि अवसर खोज्नेहरुको आलोचनाबाट नडगबाइकन कोरोना भाइरस संक्रमण विरुद्ध खटिएका छन ।
नगरबासीले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ यो कोरोना भाइरस विरुद्धको लडाइँमा केवल स्वाथाकार्मी सुरक्षाकर्मी र जनप्रतिनिधिले हराउन सकिदैन यसमा सबैको सहयोग चाहिन्छ ।
अहिले आलोचना भन्दा सहयोगको खाचो छ ज्यान बाचे जनप्रतिनिधि सँग हिसाबकिताब पछि पनि गरिन्छ ।
प्रशान्त झा
युवा नेता, राजपा नेपाल
सँयोजकः युथ एक्सन फोर्स, जनकपुर

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…