मिर्चैयाको एनआइसी र्बैकद्घारा कम्बल
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, माघ ७ गते । जिल्लाभरीमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ । सिरहको मिर्चैया नगरपालिकामा आइतबार एनआइसी एशिया बैंक लिमिटेड शाखा कार्यालय मिर्चैयाले कम्बल वितरण गरिएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नंं १० को महेशपुरमा ६८ थान कम्बल एनआइसी एशिया बैंक लिमिटेड म

२०७४ माघ ७ आइतबार, राति ९:०८ बजे१ मिनेट पढाइ

गणेश कुमार ठाकुर (शर्मा) सिरहा, माघ ७ गते ।
जिल्लाभरीमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ ।
सिरहको मिर्चैया नगरपालिकामा आइतबार एनआइसी एशिया बैंक लिमिटेड शाखा कार्यालय मिर्चैयाले कम्बल वितरण गरिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नंं १० को महेशपुरमा ६८ थान कम्बल एनआइसी एशिया बैंक लिमिटेड मिर्चैया शाखाको सहयोग र मिर्चैया नगरपालिकाको सन्योजनमा विपन्न, दलित, एकल महिला, बृद्ध बृद्धाहरुलाई कम्बल वितरण गरिएको हो ।

उक्त कम्बल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका नवनिर्वाचित मेयर श्रवण कुमार यादव, वडा नंं १० का वडा अध्यक्ष राम चन्द्र मण्डल, एनआइसि एशिया बैंक लिमिटेड मिर्चैयाका शाखा प्रमुख बिनोद कुमार यादव, ऋण शाखाका प्रमुख प्रदिप साह, मिर्चैया नगरपालिका वडा नं. १० का वडासदस्यहरु लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, नागरिकसमाज, पत्रकार बिभिन्न सरोकारबालाहरुको लगायतको उपस्थितमा कम्बल वितरण गरिएको एनआइसी एशिया बैंक लिमिटेड मिर्चैयाका ऋण शाखा प्रमुख प्रदिप साहले बताएकाछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…