जनकपुरलाई 'सेनिटाइज' गरिदै
कोरोना भाइरसको सँक्रमणबाट जोगाउन जनकपुरलाई सेनिटाइजेशन गर्ने अभियान

२०७६ चैत २६ बुधबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को जनकपुरधाम उपमहानगरपालिकाले आजदेखि नगरलाई सेनिटाइज गर्ने कार्य सुरु गरेको छ ।
जनकपुरधाम उप(महानगरपालिकाद्वारा युध्यस्थरमा लामखुट्टे नियन्त्रण गर्ने कार्यहरु भैरहेको जानकारी जनाइएको छ ।
कोरोनाको महामारी सँगै जनकपुरमा बढदै गएको लामखुट्टेको प्रकोपकलाई न्यूनिकरण गर्नको लागि जनकपुरलाई सेनिटाइजेशन गर्न लागिएको जनाइएको हो ।
जनकपुरधाम उपमहानगरपालिका भित्र रहेको २५ सै वडाको लागि २५ वटा लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण सम्बन्धित वडाध्यक्षहरुलाई हस्तान्तर गरिएको छ ।
उपकरण हस्तान्तरणसँगै प्रत्येक वडामा लामखु्ट्टेको औषधी छर्कनुका साथै सेनिटाइजेशन गर्ने कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।
सेनिटाइजेशन भने सबै वडाहरुमा पालोपाले थर्मल फगिँग मेसिनले बेलुका नियन्त्रणको प्रयास गरिने जनाइएको छ । पालोपालो गरी सबै वडामा फगिँग मेसिन चलाइने भएको छ ।
कोरोना भाइरसको सँक्रमणबाट जोगाउन जनकपुरलाई सेनिटाइजेशन गर्ने अभियान समेत सुरु गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…