‘जनअधिकार संस्थागतमा लाग्नुपर्छ प्रदेश प्रमुख झा
बुटवल, ७ माघ : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले जनअधिकार सँस्थागत गर्नका लागि सबैलाई लाग्नुपर्ने बताएका छन् । रूपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गर्दै झाले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रूप लिन लागेको अवस्थामा तीन

२०७४ माघ ७ आइतबार, राति ८:३५ बजे१ मिनेट पढाइ

बुटवल, ७ माघ : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले जनअधिकार सँस्थागत गर्नका लागि सबैलाई लाग्नुपर्ने बताएका छन् ।
रूपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गर्दै झाले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रूप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको औल्याए ।
प्रमुख झालाई ५ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराएका हुन् । रूपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र प्रदेशका साँसदहरुलाई समेत सपथको लागि पुगेको बताएइको छ ।
पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्दै “जनताका आकांक्षा स्वाभाविक रूपले धेरै भएको अवस्थामा संविधान र कानूनअनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन । ” थपे ।
प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ । पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…