कमला नगरपालिकाः २ महिला सहित ४ जना क्वारेन्टाईनमा
अहिले दुवै आमाछोरीलाई क्वारेन्टाईनमा राखि रेखदेख गरिएको हो ।

२०७६ चैत २५ मंगलबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा निर्माण गरीएको कोरोना सम्बन्धी क्वारेन्टाईनमा अहिलेसम्म ४ जनालाई राखिएको छ ।
२ महिला सहित २ युवक गरी जम्मा ४ जनालाई क्वारेन्टाईनमा राखिएको हो । नेपाल सरकारले छिमेकी मुलुक भारत वा अन्य तेस्रो मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टाईनमा राख्न भनिएको छ ।
कमला नगरपालिकाका नगर प्रमुख (मेयर) राम उदगार गोईतले विभिन्न ठाउँबाट आएका उनीहरुलाई चेकजाँचको लागि क्वारेन्टाईनमा राखिएको हो ।
नगरपालिकाको कार्यालय स्थित नै बनाइएको १५ बेडको क्वारेन्टाईन व्यवस्थापनको लागि सुरक्षाकर्मीहरु समेत तैनाथ गरिएको छ ।

क्वारेन्टाईनमा बसेकाहरु आत्तिएर भाग्न सक्ने सम्भावना तथा पूर्ण सुरक्षाको दृष्टिकोणले जनपद र सशस्त्र प्रहरी समेत खटाइएको हो ।
भारतबाट आएकी एक युवति आफ्नो घर गएकी भएकोले उनको आमालाई समेत क्वारेन्टाईनमा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सढानले जानकारी दिनुभयो ।
अहिले दुवै आमाछोरीलाई क्वारेन्टाईनमा राखि रेखदेख गरिएको हो । क्वारेन्टाईनमै विदेशबाट आएका अन्य दुई जना युवकलाई राखिएको छ ।
उनीहरुलाई ४ टाईम खाजा, खाना, विजुली, पँखा, वाईफाईको समेत व्यवस्था गरिदिएको हो । क्वारेन्टाईनमा बस्दा दिक्क नहोस तथा नआतियोस भन्ने उदेश्यले वाईफाईको समेत व्यवस्था गरिदिएको नगर प्रमुख गोईतले बताउनुभयो ।
कमला नगरपालिकाले जारी गरेको तथ्याँक अनुसार ५९ जना बिदेशबाट आएकोमा अधिकांश धेरै दिन पहिले आएको र उनीहरुको चेकजाँचको रिपोर्ट हेरी क्वारेन्टाइन नल्याइएको अधिकृत सढानले बताउनुभयो ।
यता, उनीहरुको रेखदेख तथा आवश्यक उपचारमा खटेका स्वास्थ्यकर्मीहरु बिना सुरक्षा (पिपिई, बुट, ग्लोब्स) को काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
सोही सन्दर्भमा कमला नगरपालिकामा पिपिई सहित अन्य सुरक्षा कवचहरु ल्याइएको र आजैदेखि स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने बताइएको छ ।
कुनै बेला ईमरेन्सी पर्ने र प्रादेशिक अस्पताल जनकपुर सहित अन्य ठाउँमा पठाउनुपर्ने अवस्थाको लागि क्वारेन्टाई मात्रको लागि एक सवारी समेत छुटयाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…