रौतहटमा वन सुरक्षाटोली र तस्करबीच गोली हानाहान
न्यूज ब्यूरो, रौतहट । रौतहटमा वन सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ । गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदाईक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो । भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको छ । गोली

२०७६ चैत २४ सोमबार, बिहान १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा वन सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ ।
गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदाईक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो । भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको छ ।
गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति नभएको तथा तस्कर समूह भागेको सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले जनाए । तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरेको छ ।
अन्जुमन सामुदाईक वनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए । गोलीको आवाज सुनेर अबैध चोरी सिकारी एको आशंकामा चोँचा सेक्टर वन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा रौतहटस्थित राष्ट्यि तथा बिभिन्न सामुदायिक वनक्षेत्रमा चोरी तस्करी बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…