मधेश सरकारको कोरोना राहत कोषमा दाताहरुको ४३ लाख जम्मा
सोही क्रममा आज जनकपुरको सिभिल बैंकले समेत उक्त राहत कोषमा ५ लाख रुपैयाँ दिने भएको छ ।

२०७६ चैत २४ सोमबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म ४३ लाख रुपैयाँ जम्मा भएको छ ।
कर्मचारी र सरकारको २५ करोड बाहेक दाताहरुले मात्र ४३ लाख रुपैयाँ जम्मा गरेको हो । कोरोनाको महामारीबाट बच्नको लागि विभिन्न क्षेत्रमा खर्च गरिने उदेश्यले स्थापना गरिएको सो कोषमा आधी करोड रुपैयाँ जम्मा भएको हो ।
अहिलेसम्म चेक वा डिजिटल डिपोजिट मार्फत ४३ लाख रुपैयाँ जम्मा भईसकेको समाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले बताउनुभयो ।
आज (सोमबार) न्यूज ब्यूरोसँग कुराकानी गर्दै सचिव घिमिरेले ती रकम कर्मचारी र सरकारको कोष बाहेकको रकम हो ।
अन्य बीमा कम्पनीहरुले भनिएको रकमहरु अझै खातामा आइनसकेको बताउँदै उहाँले चेक प्राप्त भएको र जम्मा गर्न बाँकी रहेको बताउनुभयो । बाँकीका रकमहरु जम्मा भए ५० लाख बढी दाताहरुको तर्फबाट जम्मा हुने बताउनुभयो ।
सरकारले समेत त्यही राहत कोषमा २५ करोड रुपैयाँ दिएको छ भने कर्मचारीहरुले समेत राहत कोषमा सहयोग गर्ने भनिएको छ ।
सोही क्रममा आज जनकपुरको सिभिल बैंकले समेत उक्त राहत कोषमा ५ लाख रुपैयाँ दिने भएको छ ।
बैंकका जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको रकम ट्रान्सफर डिटेल हस्तान्तरण गरेका हुन ।
यस अघि कोषमा, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , सिभिल मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ ।
कोषको खाता नं। १२२०५०३०००००१ रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…