संकटमा पनि भ्रष्टाचार गर्नेलाई किरा किन लाग्दैन ?
भ्रष्टाचारसंकटमा वा महामारीमा गरिएको निर्णयलाई दुई चार हजार तलमाथि भए पनि फरक नपर्न सक्छ ।

२०७६ चैत २४ सोमबार, बिहान ८:५१ बजे३ मिनेट पढाइ

यतिखेर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका धेरै मुलुक आक्रान्त बनिरहेका छन् ।
अत्यन्तै विकसित मानिएको र आफूलाई ‘सुपरपावर’ ठान्ने अमेरिकालगायत युरोपका विकसित देशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ ।
विशेषगरी, पछिल्लो समय इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलायत इरान, स्विट्जरल्यान्ड, अस्ट्रेलियालगायतका देश कोरोनाको संक्रमणले आक्रान्त बनिरहेका छन् ।
विश्वव्यापी रूपमैै संक्रमण बढिरहेकाले यसको महामारीले अझै उच्च रूप लिन सक्ने भय बढेर गएको छ । तर, नेपालमा यस्तो संकटकालिनमा कोरोना भाइरसको महामारीमा स्वास्थ्य सामग्री खरिदमा यहाँ भ्रष्टाचार हुँदै छ।
नेपाल सरकारले हालै खरिद गरेको स्वास्थ्यसम्बन्धी उपकरण र किट्स तथा नेपालले कोरोना रोकथाममा गरेको सुस्त तयारीबारे सञ्चार माध्यमले प्रश्न उठाउनासाथ सरकारका मन्त्री सञ्चारमाध्यमप्रति तत्कालै आक्रामक ढंगले प्रस्तुत हुनुले सरकारको तयारी र खरिद प्रक्रियामा खोट छ भनी अनुमान लगाउन कठिन छैन।
सिंगो देश सङ्कटमा परेको बेला पनि देशलाई भ्रष्टाचारको भूमरीमा पोरेर लुट्न सक्रिय सत्तापक्ष र लूटको निरिह साक्षी बनेको निस्क्रिय प्रतिपक्षको बोझ बोकेर इतिहासकै शर्मनाक घडीमा उभिएको छ, नेपाल ।
मानिसभन्दा करोडौं–करोड गुणा सानो एउटा अदृश्य भाइरसले मानिसको शिकार गरिरहेको छ ।
जीवन खोसिरहेयतिबेला संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाक्रम, सरकारको काम, आर्थिक अपचलन, ढिलो तयारीका कारण जनस्वास्थ्यमा परेको र पर्न सक्ने असरबारे मिहीन रूपमा तथ्यक संकलनसहितको अध्ययन जरुरी छ।
चिनियाँ बजारमा उपलब्ध सामग्रीको मूल्य र सोही बजारवाट नेपालले खरिद गरेको मूल्य आकाश—जमिनको अन्तर देखिन्छजनतालाई घरभित्र हुलेर लक डाउन घोषणा गरेपछि तीन घन्टामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न सम्पूर्ण प्रक्रिया मिचेर अघि बढ्यो ( त्यो पनि १९ अन्य कम्पनीले हालेको कोटेसनभन्दा ४८ गुणा महँगो मूल्यमा किनबेच भयो।
कोरोना भाइरसको महामारी भएको बेला मैले यस्तो कुरा गर्नु हुँदैन भन्ने मलाई थाहा छ तर कोरोना भाइरस को नाममा पनि राज्यकोष ढुकुटी दुरुपयोग भएको अवस्था छ।
यता, हाम्रा जनपथ प्रहरीहरु ,सशस्त्र प्रहरीहरु, सेनाहरु र डाक्टरहरु लाकडाउनको समयमा पनि आपनो ज्यानको बाजी लगाई दिन रात खटिएका छन।
कोरोना भाइरसको महामारीको बेलामा पनि मन्त्री अन्य कम्पनीहरुले भ्रष्टकमिसन खान छोडेनन।लामो समय देखि बिबाद कै कारण रोकिएका केही टेन्डर हरु पास भए भने चीन बाट ओम्नि समूह ले सरकार सग ठूलो भ्रष्टाचार को सम्झौता गर्यो ।
भाइरस बिरुद्ध का स्वास्थ समाग्री खरिदमा कोरोना रोकथाम तथा नियन्त्रण समिती ले चर्को मुल्यमा सम्झौता गरेर चरम भ्रष्टाचार भएको कुरा बाहिर आए सगै चौतर्फी सरकार को आलोचना भयो ।यसैले यस संकटमा पनि जनता आफैँ सजग हुनुको विकल्प छैन ।
जीवन खोसिरहेको छ । कोरोना–प्रकोपले परिवर्तित मानव संस्कृति र सभ्यतालाई नै जीर्ण बनाउँदै छ । मानव संसाधन नै धराशयी हुने अवस्थामा पुगेको छ ।
नेपालजस्ता राष्ट्रका लागि सङ्कटमात्र हैन, महासङ्कट बन्न सक्ने सङ्केत ठूला राष्ट्रहरुमा फैलिएको संङ्क्रमणले दिएको छ । जनताले भारी मतदानका माध्यमबाट सरकार चुनेका हुन्।
यसको अर्थ संकटमा जनताकै साथमा सरकार छ भन्ने अनुभूति दिलाउनु हो। तर, सरकारका काम र कामको गति तथा ढंग हेर्दा लाग्छ, सरकार निर्माण भएको केवल सामाजिक सञ्जालमा आएका विषयको जवाफ दिन मात्र हो।
प्रधानमन्त्रीका सल्लाहकारदेखि मन्त्रीहरूसम्म नागरिकप्रति जवाफदेही व्यवहार गर्नुको बदला विषवमनका वाक्यले सामाजिक सञ्जाल रंग्याउँदैछन्।
तिनलाई आफ्नो दायित्व के हो ? भन्ने समेत चेतना नभएको देखाउँछ।यसैले यस संकटमा पनि जनता आफैँ सजग हुनुको विकल्प छैन।
भ्रष्टाचारसंकटमा वा महामारीमा गरिएको निर्णयलाई दुई चार हजार तलमाथि भए पनि फरक नपर्न सक्छ ।
तर करोडौं रुपैयाँको घोटाला भएको देखिएपछि भने सरकारको शून्य सहनशीलताको नीतिमाथि गम्भीर प्रश्न उठेको छ ।
संजय साह
राजपा केन्द्रीय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…