सरकारले कोरोनाको सूचना लुकाएको हुनसक्छ : विप्लव
न्यूज ब्यूरो, काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अ

२०७६ चैत २२ शनिबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन् ।
प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको भन्दै विप्लवले संक्रमणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् ।
विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकममा कमिसनखोरी गरिएको विप्लवको दावी छ । विप्लवले कोरोना महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकार असफल हुनुका साथै जनताको दृष्टिमा भ्रष्ट र बदनाम हुन पुगेको समेत बताएका छन् ।
यस्तो अवस्थामा राज्य संयन्त्रले इमान्दार भएर कोरोना नियन्त्रण र निर्मूल पार्नका लागि विशेष पहलकदमी लिनुपर्नेमा विप्लवले जोड दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…