लकडाउनका भोकाहरुलाई मुक्तिनाथ बिकास बैंकको राहत
मुक्तिनाथ बिकास बैंक यस्ता समाजिक उत्तरदायित्व जस्ता कार्यहरुमा सधै अग्रसर रहदै आएको छ ।

२०७६ चैत २२ शनिबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनमा काम गरी खाने अत्यन्त गरिबहरुलाई मुक्तिनाथ विकास बैंकले सहायता गरेको छ ।
विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनलाई सराहना गर्दै बैंकले अति गरिब, विपन्नलाई राहत प्रदान गरेको छ ।
दिनहु ज्यालादारी गरि आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्तिहरु भोकमरीको चिन्ताले विलिन भएको अवस्थमा मुक्तिनाथ बैंकले पनि सहयोगी हात अघि बढाएको छ ।
दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेपछि बैंकले १ सय ५० त्यस्ता परिवारलाई सहयोग गरेको हो ।
मुक्तिनाथ बिकास बैंक जनकपुरधाम शाखाका कर्मचारीहरुले उनीहरुलाई सहयोग गर्न आफै उनीहरुको घर पुगे । बैंकका कर्मचारीहरुले खाद्यान्न बस्तुको पोका बनाएर विभिन्न व्यक्तिलाई बाडिएको थियो।
लकडाउनले गर्दा दिनचर्या काट्न समस्यामा परेका बेला खाद्यान्न बस्तु पाउँदाको दृश्यलाई देखेर स्थानीय प्रफुल्लित भएका थिए ।
करिब १५० घरपरिवार लाई खाद्यान्न सामग्री बाडिएको बैंकका क्षेत्रिय प्रबन्धक प्रभास झाले बताउनुभयो । “हामि त् सबल छौं, दुई–चार दिन नकमाई पनि खान लाउन सकिन्छ तर दिनहु ज्यालादारी गरेर, रिक्सा र ठेला चलाएर, बसमा खलासीको काम गर्नेले एक दिन काम नगरे उनिहरुको परिवार भोक–भोकै बस्छन् होला, ुत्यसैले सबै साथि मिलेर यस्ता निम्न वर्गका व्यक्तिका लागि केहि गरौँ भन्ने सोच आएर खाद्यान्न बाडेका हौँ ।”– उहाँले भन्नुभयो ।
संक्रमणको बेला यात्रा गर्न कठिन छ, सामग्री पनि त्यति मात्रामा उपलब्ध छैन, हामि आफ्नो स्तरबाट सके सम्म सहयोग गर्ने प्रतिबद्धता जाहिर गर्नुभयो ।
मुक्तिनाथ बिकास बैंक यस्ता समाजिक उत्तरदायित्व जस्ता कार्यहरुमा सधै अग्रसर रहदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…