कोरोनाबारे भ्रम फैलाउने एक युवक समातिए
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ ग

२०७६ चैत २२ शनिबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
भ्रम फैलाउने बेलडाँडी गाउँपालिकाका गोपाल सुनारलाई शुक्रबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का डीएसपी रविन्द्र पौडेलले बताए । सुनारले शुक्रबार बिहान फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर लेखेका थिए ।
उनी दुई साताअगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको खुलेको छ । लकडाउनको अवेज्ञा गरेको देखेर मानिसलाई तर्साउन सामाजिक सञ्जालमा हल्ला फैलाएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…