प्रदेश २ः बारा विनाशकारी हावाहुरी (परवाना) कहरको एक वर्ष पूरा
पीडित परिवारलाई नेपाली सेनाले केही महिनामै घर बनाएर हस्तान्तरण समेत गरिदिएको छ ।

२०७६ चैत १९ बुधबार, बिहान ८:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष चैत्त १७ गते प्रदेश नं. २ को बारामा गएको विनाशकारी हावाहुरीको एक वर्ष पुरा भएको छ ।
वि.सं. २०७५ साल चैत्त १७ गते आईतबारका दिन गएको भिषण एवम् विनाशकारी हावाहुरीले २८ जनाको ज्यान गएको थियो । सो दिन साँझ तर्फ गएको प'रवाना' ले सयौं घर परिवार घरविहिन भए ।
विनाशकारी हावाहुरीका कारण बारामा गत वर्ष २८ जनाको मृत्यू भएको थियो । सोही विनाशकारी हावाहुरीमा परेर ४०० बढी सर्वसाधारण घाईते भएका थिए ।
अपडेट : बारामा हावाहुरीले २८ जनाको मृत्यू, राहतको लागि 'नाईट भिजन हेलिकप्टर' आउँदै !
घटनाको भोलीपल्ट चैत्त १८ गते नै प्रदेश सरकारले आकस्मिक बैठक डाकेर मृतक परिवारलाई क्षतिपूर्ति तथा घाईतेहरुको उपचार सहित नयाँ घर बनाउने बारे छलफल गरेको थियो ।
सो क्रममा प्रदेश नं. २ का प्रदेश सरकारले मृतक परिवारहरलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सो घटनामा विभिन्न स्तरबाट सहयोग गरिएको थियो ।
हावाहुरी 'परवाना' को विस्तृत रिपोर्ट: Final_Report_Storm_Parvana_Nepal_2019.pdf
विनाशकारी हावाहुरीले ज्यान सहित सबै थोक उडाएर लगेपछि समाजसेवी, गैर सरकारी सँघसँस्था, स्थानीय तहहरु, जनप्रतिनीधिहरुले भाँडा वर्तन, रासन, झूल, पाल, पानी, रकम सहित भरपुर सहयोग गरेको थियो ।
देशको विभिन्न कुनाकाप्ताको सँघसँस्थाहरु सहित विभिन्न जिल्लाका स्थानीय तहहरुले समेत सहयोगमा कुनै कसर बाँकी भने राखेनन् ।
गएको विनाशकारी परवानाले एकै गाउँपालिकाका दर्जन बढी व्यक्तिको ज्यान लिएका थिए । पीडित परिवारलाई नेपाली सेनाले केही महिनामै घर बनाएर हस्तान्तरण समेत गरिदिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…