अपडेट : बारामा हावाहुरीले २८ जनाको मृत्यू, राहतको लागि 'नाईट भिजन हेलिकप्टर' आउँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । बारामा आज (आईतबार) साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ । हावाहुरीका कारण बारामा अहिलेसम्म २८ जनाको मृत्यू भएको छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा

२०७५ चैत १७ आइतबार, राति ११:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारामा आज (आईतबार) साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ ।
हावाहुरीका कारण बारामा अहिलेसम्म २८ जनाको मृत्यू भएको छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा अहिलेसम्म ४०० बढी जना घाईते भएको पालले जानकारी दिएका छन् ।
बारामा भएको अपूर्णीय मानवीय क्षतिले हामी स्तब्ध छौँ । कृप्या नजिक हुनेले मानवताको मर्मले पनि एक पिन ब्लड डोनेट गर्न आग्रह गर्दछौँ । त्यहाँ घाईतेको सँख्या बढी भएकोले कृप्या अस्पतालमै गएर रक्तदान गर्न न्यूज ब्यूरो आग्रह गर्दछ । सेवा नै धर्म हो ।
घटनामा घाईते भएकाहरुको उद्धार कार्य जारी रहेको छ भने सुरक्षाकर्मीहरु ईमरजेन्सी मोडमा तैनाथ भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो अधिकारिक टवीट मार्फत बारामा घटेको अप्रिय घटनाको लागि राहत स्वरुप सोमबार विहानै राहत पुरयाउने तथा मौसमले साथ दिए तत्कालै राहतको लागि नाईट भिजन हेलिकप्टर एयसवेशमा तैयार गरिएको जानकारी दिएका छन् ।

उनले आफ्नो टवीटमा लेखेका छन् : " भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा , नाईट भिजनू हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।
भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…